काठमाडौं- वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेलाई सलाई डेस्टिनी प्रालिले दोस्रोपटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ ।
सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले सोमबार राजधानीमा सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभामा निर्देशक घिमिरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् ।
सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सुनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका ७७ वटै जिल्लाका सुनचाँदी पसलमा सलाई डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।
साधारणसभामा सलाई डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बहुराष्ट्रिय कम्पनी सलाई होल्डिङ्स (भारत) सँग सहकार्य गरेको बताउँदै निकट भविष्यमै सुरक्षण सूचक यन्त्र, सुनचाँदी र हिरा जोख्ने तराजु, पैसा गन्ने मेसिन, मिनी सोलास सिस्टम, ज्वेलरी प्याकिंग बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिए ।
सलाई डेस्टिनीकी मार्केटिङ तथा सेल्स इन्चार्ज पवित्रा खड्का, महेन्द्र खनाललगायतले कम्पनीको आर्थिक अवस्था र प्रगतिको बारेमा बोलेका थिए । उनीहरुले गत वर्षको तुलनामा कम्पनीले ६ गुणा बढी प्रगति गरेको जानकारी दिए ।
ब्राण्ड एम्बेस्डर तथा निर्देशक घिमिरेले सलाई डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउदै यो कम्पनीसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनियुक्त अध्यक्ष मणिकरत्न शाक्य, पूर्वअध्यक्ष मणिरत्न शाक्य, बागमती प्रदेश सभापति ज्योतिरत्न बज्राचार्य, नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा कम्पनीका सल्लाहकार दिनेश त्रिपाठीलगायतले कम्पनी र संचालकलाई अझ धेरै प्रगतिको कामना व्यक्त गरे ।