Logo

शनिवार, माघ ३ गते २०७७

घरमा आगो लगाएर दुई छोराको हत्या

घरमा आगो लगाएर दुई छोराको हत्या

सूत्र न्यूज

२९ पौष २०७७
  • 64
    SHARES
  • घरमा आगो लगाएर दुई छोराको हत्या
    सांकेतिक फाेटाे

    कालिकोट- कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ ।

    नरहरिनाथ-७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

    घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १२:३३:१०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.