Logo

शनिवार, माघ ३ गते २०७७

ड्राइभिङ लाइसेन्सको नयाँ मापदण्डः ६० ल्याए पास

ड्राइभिङ लाइसेन्सको नयाँ मापदण्डः ६० ल्याए पास

सूत्र न्यूज

२९ पौष २०७७
  • 134
    SHARES
  • ड्राइभिङ लाइसेन्सको नयाँ मापदण्डः ६० ल्याए पास
    फाइल फाेटाे

    काठमाडौं- सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिखित तथा ट्रायल परीक्षाको लागि नयाँ व्यवस्था ल्याउने भएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै दीर्घकालीन रुपमा सहज होस् भन्ने उद्देश्यका साथ नयाँ मापदण्डको अध्ययन गरी कार्यान्वयनमा ल्याउन लागिएको हो ।

    यातायात विभागका महानिर्देशक गोगोन हमालले बुधबार दिएको जानकारी अनुसार यसको लागि लामो समयदेखि विभागले अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ मापदण्ड परिक्षाको ढाँचा तयार पारी मन्त्रालयमा पेश गरेको बताए । विभागले यातायात मन्त्रालयसँग परीक्षाको नयाँ मापदण्डको बारेमा छलफल गरेको थियो । सोही छलफल अनुसार परिक्षाको मापदण्ड कार्यान्वयनमा आउने सहमति भएको विभागले जनाएको छ । जसमा लाइसेन्सको लागि ६० प्रतिशत ल्याए पास गर्ने, प्रश्नावली वेवसाइटमा राख्ने व्यवस्था रहेको छ ।

    अहिलेको कार्यान्वयनमा रहेको नियमअनुसार प्रयोगात्मक परीक्षामा पास हुनको लागि सबै प्यारामिटरमा शत प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । तर, नयाँ मापदण्डअनुसार आगामी दिनमा ६० अंक मात्रै ल्याए पास हुने महानिर्देशक हमालको भनाइ छ । उनले भने, ‘६० अंक ल्याउनको लागि विभागले विभिन्न विधा अर्थात प्यारामिटरको व्यवस्था गरेको छ । विभागले तोकेको उक्त प्यारामिटरमा पास गरेमा सजिलै लाइसेन्स पाउन सक्नेछन् ।’

     

     


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १४:११:४४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.