Logo

शनिवार, माघ ३ गते २०७७

कोदालोको बिंड प्रहार गरी हत्या गर्ने एक पक्राउ

कोदालोको बिंड प्रहार गरी हत्या गर्ने एक पक्राउ

सूत्र न्यूज

२९ पौष २०७७
  • 86
    SHARES
  • कोदालोको बिंड प्रहार गरी हत्या गर्ने एक पक्राउ
    सांकेतिक तस्बिर ।

    काठमाडौं- प्रहरीले चन्द्रागिरि नगरपालिका-४ थानकोटका ५२ वर्षीय होमबहादुर सुदारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरीवृत्त थानकोटको टोलीले होमबहादुरको हत्यामा संलग्न चन्द्रागिरि-२ का २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति पक्राउ गरेको हो ।

    चन्द्रागिरि-४ मा रहेको घुमाउनेस्थित टहराको आँगनमा होमबहादुर अचेत अवस्थामा भेटिएपछि उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको थियो । घटनापछि होमबहादुर अचेत अवस्थामा रहेपछि रामकृष्णले नै प्रहरीलाई खबर गरेका थिए ।

    पक्राउ परेका रामकृष्णले लेनदेनका विषयमा विवाद हुँदा कोदालोको बिंड प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।


    प्रकाशित :पौष २९, २०७७ बुधवार - २०:२२:३०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.