Logo

आइतवार, बैशाख ५ गते २०७८

राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओली

राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओली

सूत्र न्यूज

८ माघ २०७७
  • 273
    SHARES
  • राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओली

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्दै छन् । त्यसका लागि उनी केही बेरमा त्यहाँ पुग्दैछन् ।

    उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज हुने प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका हुन् ।

    प्रतिनिधिसभा विघटन गरेयता नेकपा दुई खेमामा विभाजन भएको छ । एक समूह प्रधानमन्त्री ओलीले नेतृत्व गरेका छन् भने अर्को समूह पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले नेतृत्व गरेका छन् ।

    यी दुई समूहले अलग–अलग बैठक र सभा गर्दै एकअर्कालाई आरोप लगाइरहेका छन् । बुधबार मात्र काठमाडौंमै प्रचण्ड–नेपाल समूहले सम्पादकहरूसँग अन्तरक्रिया गरेको थियो ।

     

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - १२:४४:४१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.