Logo

बुधवार, फाल्गुण १९ गते २०७७

फाउण्डेशनको नाममा पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गर्न श्वेता खड्काले दिइन् चुनौती

फाउण्डेशनको नाममा पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गर्न श्वेता खड्काले दिइन् चुनौती

सूत्र न्यूज

३० माघ २०७७
  • 3.4K
    SHARES
  • फाउण्डेशनको नाममा पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गर्न श्वेता खड्काले दिइन् चुनौती

    काठमाडौं- नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकीकृत माँझी बस्तीको बारेमा आएका समाचारहरू भ्रामक भएको बताएकी छिन् ।

    शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै खड्काले माझी बस्तीका केही व्यक्तिहरूसँग लिएको अन्तर्वार्तालाई सम्पादन गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचना सम्प्रेषण गरेकोमा आपत्ति जनाएकी हुन् ।

    उनले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएकी छिन् । ‘मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रिया पाइरहेकी छु । तर, जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु,’ उनले भनेकी छिन् ।

    खड्काले गलत र तथ्यहीन समाचारको खण्डनसमेत गरेकी छिन् । ‘यथार्थ के हो भन्ने बारेमा सबै सामु स्पष्ट पार्न चाहन्छु,’ उनले भनिन्, ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।’ 

     

     

     


    प्रकाशित :माघ ३०, २०७७ शुक्रवार - २०:१०:४२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.