sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सुनको भाउ घट्नुको कारण के हो ? यसो भन्छन् सुन व्यावसायी

सुनको भाउ घट्नुको कारण के हो ? यसो भन्छन् सुन व्यावसायी

सूत्र न्यूज

६ फाल्गुण २०७७
  • 10.1K
    SHARES
  • सुनको भाउ घट्नुको कारण के हो ? यसो भन्छन् सुन व्यावसायी

    काठमाडौं- पछिल्लो नौ महिनामा पहिलोपटक सुनको भाउ सस्तो भएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ८९ हजार २ सय र तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रियरूपमा सुनको मागमा कमी आउन थालेपपछि सुनको भाउमा गिरावट आएको नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सूत्रन्युजलाई बताए ।

    अध्यक्ष लकान्द्रीले भने, ‘अन्तर्राष्ट्रियरूपमा कोभिडको असर कम हुँदै जाँदा विश्वअर्थतन्त्रका लागानीका अन्य क्षेत्रहरु चलायमान हुनथालेका छन् । जसले गर्दा सुनमा लागानी गर्ने प्रवृत्ति परिवर्तन भएको छ । सोही कारण सुनको मागमा कमी आएको छ ।’

    नेपाली रूपैयाँ डलरको तुलनामा बलियो बनेका कारणले पनि सुनको भाउमा गिरावट आएको हुन सक्ने लकान्द्रीको भनाइ छ ।

    नेपालमा गत जेठमा सुनको भाउ सबैभन्दा बढी १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । अध्यक्ष लकान्द्रीका अनुसार अब सुनको भाउ निरन्तर ओरालो लागिरहेनछ । दिनहुँ सुनको भाउ घटबढले पनि त्यसतर्फ संकेत गरेको छ ।

    images

    प्रकाशित :फाल्गुण ६, २०७७ बिहिवार - १३:३६:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.