जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा-Sutra News

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

बिहिबार, ६ फाल्गुन २०७७

बिहिबार, ६ फाल्गुन २०७७

तिब्लिसी- जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री पद त्याग गर्ने निष्कर्षमा पुगेको जानकारी दिएका हुन् ।



संसद् सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लागेको जनाइएको छ ।

मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

विवादमा परेपछि जर्जियाको संसद्ले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट