कोभिड-१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान-Sutra News

कोभिड-१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान

बिहिबार, ६ फाल्गुन २०७७

बिहिबार, ६ फाल्गुन २०७७

काबुल- कोभिड-१९ र खडेरीको असर सामना गर्न विश्व बैंकले अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।



अफगाजिस्तास्थित विश्व बैंकको कार्यालयले बिहीबार जारी वक्तव्यमा भनिएको छ, ‘युद्धग्रस्त एशियाली मुलुकका लागि अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट अनुमोदन गरिएको अनुदान खडेरी र कोरोनाभाइरस प्रभावित अफगानी नागरिकलाई नियमित र पूर्वानुमान नगद सहयोग प्रदान गर्नेछ ।’

साथै उक्त रकम खाद्य र पोषण सुरक्षा सुधार ल्याउने काममा पनि प्रयोग गरिनेछ ।

प्राप्त विवरणअनुसार अनुदानले अफगानिस्तानमा खडेरीबाट निम्तिने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सफल कार्यक्रम निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

‘लाखौं अफगानीलाई गरीबीको चरम समस्यामा पुर्याई विस्थापित हुने जोखिममा पुर्याएको खडेरी र महामारीको असर कम गर्न कार्यक्रमले सहयोगी भमिका खेल्ने विश्व वैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट