काठमाडौं- केही वर्षदेखि अभिनेत्री स्वस्तिमा खड्काको चर्चा चुलिदो छ । उनी एक पछि अर्को बिग ब्यानरका प्रोजेक्टमा आवद्ध भइरहेकी छिन् । त्यस्तै यतिखेर उनलाई साउथ इन्डियन फिल्मबाट पनि अफर आएको छ ।
साउथ इन्डियन कम्पनी एञ्जल मारीयाले निर्माण गर्न लागेको फिल्म ‘थिरिमाली’ का लागि स्वस्तिामालाई अफर गरिएको हो ।
एञ्जल मारीयासँग नेपाली फिल्म निर्माण कम्पनीका अन्य फिल्मको पनि सहकार्य रहनेछ । स्वस्तिमाले भने उक्त फिल्म साइन गरि नसकेको बताएकी छिन् ।
साथै उनले यतिखेर फिल्मका लागि कुराकानी मात्रै भइरहेको प्रस्ट पारेकी छिन् ।
यता ‘थिरिमाली’का निर्देशक राजिव सेट्ठीले स्वस्तिमा सँगको एक फोटो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्,‘लेडी सुपरस्टार अफ नेपाल स्वस्तिमा खड्का ।’
साथै उनले साउथ फिल्ममा स्वस्तिमा आवद्ध भन्ने समाचार पनि सेयर गरेका छन् । जसकारण पनि ‘थिरिमाली’का लागि स्वस्तिमाले आवद्धता जनाइ सकेको कुरालाई बल पुगेको छ ।
‘थिरिमाली’ मा स्वस्तिमाका साथमा माओत्से गुरुङ लगायत अन्य नेपाली कलाकार पनि रहने छन् भने फिल्मको ७० प्रतिशत छायांकन पनि नेपालमै हुनेछ ।