Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

सरकारसँग वार्ता गर्न सकारात्मक छौंः विप्लव [विज्ञप्तिसहित]

सरकारसँग वार्ता गर्न सकारात्मक छौंः विप्लव [विज्ञप्तिसहित]

सूत्र न्यूज

८ फाल्गुण २०७७
  • 125
    SHARES
  • सरकारसँग वार्ता गर्न सकारात्मक छौंः विप्लव [विज्ञप्तिसहित]

    काठमाडौं- विप्लव नेतृत्वको नेकपाले सरकारसाग वार्ता गर्न तयार रहेको बताएको छ ।

    सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।

    उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।

    ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’ 

    chand-party-bigyapti-2022021112834-1000x0.jpg

     


    प्रकाशित :फाल्गुण ८, २०७७ शनिवार - १६:५२:१८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.