अमेरिकामा उडिरहेको विमानमा आगलागी-Sutra News

अमेरिकामा उडिरहेको विमानमा आगलागी

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

काठमाडौं- अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी भइ भग्नावशेष घरमाथि झरेको छ ।



डेन्वरमा बोइङ्ग ७७७ को एकभागमा आगलागी भइ भग्नावशेष स्थानीयको घरमा झरेको हो । सो विमानमा २३१ यात्रु र १० जना चालकदलका सदस्य थिए ।

एक भागमा आगलागी भए पनि सो विमान डेन्वर विमानस्थलमा सुरक्षित रुपमा अवतरण गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा रहेका कोही पनि यात्रु घाइते भएका छैनन् । विमानको भग्नावशेष ब्रूमफिल्डका एक बासिन्दाको घरको बगैँचामा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट