Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

सूत्र न्यूज

९ फाल्गुण २०७७
  • 85
    SHARES
  • सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

    लहान- सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका हुन् ।

    सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

    खोप लगाउनेमा स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी तथा निजामती कर्मचारी र जनप्रतिनिधि रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


    प्रकाशित :फाल्गुण ९, २०७७ आइतवार - १४:२०:३२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.