अफगानिस्तानमा बम विस्फोट, प्रहरीको मृत्यु-Sutra News

अफगानिस्तानमा बम विस्फोट, प्रहरीको मृत्यु

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

काबुल- अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।



यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो विस्फोट गराइएको थियो ।

बम विस्फोट कसले गराएको भन्ने बारेमा केही जानकारी आएको छैन । हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन् ।

तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । सो विस्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ ।

यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन् । उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट