बर्डफ्लु पहिलोपटक मानिसमा-Sutra News

बर्डफ्लु पहिलोपटक मानिसमा

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

मस्को- रुसमा बर्डफ्लुको एच ५ एन ८ स्ट्रेन पन्छिबाट मानिसमा पहिलोपटक संक्रमण भएको छ ।



अधिकारीका अनुसार रुसको दक्षिणी क्षेत्रमा एक पोल्ट्रीमा काम गर्ने सात कर्मचारी भाइरसको यस स्ट्रेनबाट संक्रमित भएका छन् । रुसमा गएको वर्ष डिसेम्बरमा बर्ड फ्लु फैलिएको थियो । 

उपभोक्ता स्वास्थ्य मामिलामा काम गर्ने एक संगठनकी प्रमुख अन्ना पोपोवाले संक्रमण फैलिन रोक्नका लागि तत्काल पर्याप्त कदम उठाइएको बताएकी छन् ।

उनका अनुसार संक्रमित ती सबै सात जना कर्मचारीको स्वास्थ्य अवस्था राम्रो छ । रुसले भाइरसबाट मानिसमा संक्रमण देखिएको बारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको छ ।

भाइरसको यो स्ट्रेन एक नयाँ उत्परिवर्तन हो, जुन अहिलेसम्म मानिसमा फैलिएको थिएन । यसभन्दा अगाडि रुसी वैज्ञानिकले एक संक्रमित व्यक्तिको शरीरबाट यस स्ट्रेन आइसोलेट गरेका थिए ।

विज्ञानको हिसाबले यो एकदम महत्वपूर्ण खोज भएको उनीहरुले बताएका छन् । भविष्यमा यो भाइरस पुनः उत्परिवर्तन भयो भने यसको सामना गर्न समय हुने वैज्ञानिकहरुले बताएका छन् । 

बर्डफ्लूको अर्को स्ट्रेनले मानिसमा संक्रमण हुन्छ र मृत्युको कारण पनि बन्छ । तर बर्ड फ्लुको एच ५एन८ स्ट्रेन मानिसमा संक्रमण भएको पहिलो मुद्दा हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट