इटलीका राजदूतको कंगोमा हत्या-Sutra News

इटलीका राजदूतको कंगोमा हत्या

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

नैरोवी- कंगोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कंगोमै हत्या भएको छ ।



देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सुरक्षा दलमाथि आक्रमण भएका बेला उनको हत्या भएको हो ।

पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अंग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ ।

सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

कंगोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट