Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

बुहारी र नातिले कुटपिट गरेर घाइते भएका वृद्धको मृत्युु

बुहारी र नातिले कुटपिट गरेर घाइते भएका वृद्धको मृत्युु

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 91
    SHARES
  • बुहारी र नातिले कुटपिट गरेर घाइते भएका वृद्धको मृत्युु
    सांकेतिक फाेटाे

    कञ्चनपुर- घरायसी विवादमा बुहारी र नातिले कुटपिट गरेर घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

    प्रहरीका अनुसार घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका-२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई नियन्त्रणमा लिएको बताए ।

    गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - ०८:३३:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.