भारतमा कतिले लगाए खोप ? यस्ताे छ अहिलेसम्मकाे अवस्था-Sutra News

भारतमा कतिले लगाए खोप ? यस्ताे छ अहिलेसम्मकाे अवस्था

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

भारत- भारतमा कोरोनाविरुद्धको खोप लगाउनको संख्या एक करोड १४ लाख नाघेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाएकामध्ये ४६ जनालाई साइड इफेक्ट भएर अस्पताल भर्ना गर्नु परेको थियो । जसमध्ये २६ जना ठिक भइसकेका छन् ।



त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेभन्दा थपिने दर बढी देखिएको छ । यसले गर्दा कोरोना संकट फेरि बढ्ने संभावना रहेको भन्दै खोप अभियानलाई तीब्र बनाउन थालिएको छ ।

महाराष्ट्र, पंजाब, जम्मू कश्मीर र चंडीगढमा कोरोनको दोस्रो लहर प्रवेश गरेको अनुमान गरिएको छ । ती राज्यमा करिब दुई सातादेखि संक्रमितको संख्या बढ्दै गएको छ ।

यद्यपी लगातार पाँच दिनदेखि बढ्दै गएको सक्रिय संक्रमितको संख्या सोमबार भने घटेको छ । सक्रिय संक्रमितको संख्या घट्नुले केही राहत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट