Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

कलाकार खोज्दै ‘बिहे पास’

कलाकार खोज्दै ‘बिहे पास’

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 206
    SHARES
  • कलाकार खोज्दै ‘बिहे पास’

    काठमाडौं- चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको ‘बिहे पास’ फिल्मले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ ।

    प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

    निर्देशक पौडेलका अनुसार फिल्मका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०,२६,४०,५० र ६७ बर्षका ५ जना नारी कलाकारको आबश्यकता रहेको छ ।

    स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउने प्राबधान राखिएको निर्माण संस्थाले जनाएकोे छ ।

    अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी, ग्वार्काे, ललीतपुरमा हुनेछ । अडिसनबारे केही बुझ्नु परेमा ९८६९८६२१२७ मा सम्पर्क गर्न सकिनेछ ।

    रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल,सजन काफ्ले र मुरे केरले लेखेका हुन् ।

    सामाजिक बिषयमा निर्माण गर्न लागीएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउँदै आएको छ ।


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - १३:२९:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.