Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

चैनपुरमा रहेकाे आयल सप्लायर्समा आगलागी

चैनपुरमा रहेकाे आयल सप्लायर्समा आगलागी

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 98
    SHARES
  • चैनपुरमा रहेकाे आयल सप्लायर्समा आगलागी
    सांकेतिक तस्बिर ।

    सङ्खुवासभा- चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ ।

    चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।

    उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

    यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ ।

    कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ ।

    आगलागीका कारण खुल्न सकेको छैन ।


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - १३:४४:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.