अफगानिस्तानमा खोप अभियान सुरु-Sutra News

अफगानिस्तानमा खोप अभियान सुरु

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काबुल- अफगानिस्तानमा मंगलबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।



भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान सुरु भएको हो । अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ ।

राष्ट्रपति असरफ घानीले खोप अभियान सुरु गर्दै पहिलो चरणको खोप अभियान सुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट