अफगानिस्तानको हेल्मन्डमा आठजना विद्रोही मारिए-Sutra News

अफगानिस्तानको हेल्मन्डमा आठजना विद्रोही मारिए

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

लस्कर गह- अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा आठ जना तालिबान विद्रोहीको ज्यान गएको सेनाले जनाएको छ ।



हेल्मन्ड प्रान्तको नहर–ए–सराज जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सोमबार राति सेनाले कारबाही गरेको थियो । सेनाको हवाई कारबाहीमा आठ लडाकूको घटनास्थलमै मृत्यु भएको थियो ।

सेनाले देशभित्र सशस्त्र विद्रोही समूह देखे जुनसुकै बखत कारबाही गर्ने जनाएको छ ।

हेल्मन्ड प्रान्तमा सक्रिय रहेको तालिबान समूहले भने कुनै प्रतिक्रिएकाे छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट