बङ्गलादेशले अप्रिल ७ देखि कोरोना खोपको दोस्रो मात्रा दिने-Sutra News

बङ्गलादेशले अप्रिल ७ देखि कोरोना खोपको दोस्रो मात्रा दिने

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

ढाका- बङ्गलादेश सरकारले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड-१९ विरूद्धको दोस्रो खोपको मात्रा दिने निर्णय गरेको छ ।



बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेकले प्रेस सम्मेलनमा भने, ‘बङ्गलादेशले फेब्रुअरी ७ मा राष्ट्रव्यापी कोभिड-१९ विरूद्धको खोपको दोस्रो अभियान सुरू गर्छ ।’

बङ्गलादेशमा करीब ३० लाख नागरिकलाई कोभिड-१९ विरूद्धको पहिलो खोपको मात्रा दिइएको छ ।

बङ्गलादेश सरकारले विभिन्न उच्च जोखिम समूहका एक करोड ६० लाख ९० हजार नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने योजना बनाइरहेको उनले बताए ।

बङ्गलादेशमा गत वर्षको मार्चदेखि देशका करिब सबै जिल्लाहरूमा कोभिड-१९ को सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट