कोभाक्स खोप घाना पुग्यो-Sutra News

कोभाक्स खोप घाना पुग्यो

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

आक्रा- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा खरिद गरिएको कोभाक्स सुविधाको खोप अफ्रिकी मुलुक घाना पुगेको छ ।



डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ ।

घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ । यो खोप बुधबार घाना पुग्दैछ ।

उक्त खोप मुम्बईबाट घाना पठाइएको छ । कोभाक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट