Logo

आइतवार, बैशाख ५ गते २०७८

बुधबार थप ९४ मा कोरोना संक्रमण, ७१ निको भए

बुधबार थप ९४ मा कोरोना संक्रमण, ७१ निको भए

सूत्र न्यूज

१२ फाल्गुण २०७७
  • 202
    SHARES
  • बुधबार थप ९४ मा कोरोना संक्रमण, ७१ निको भए

    काठमाडौं- नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो ।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६६ पुगेको छ ।

    images
    images

    प्रकाशित :फाल्गुण १२, २०७७ बुधवार - १७:१३:२४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.