Logo

आइतवार, बैशाख ५ गते २०७८

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

सूत्र न्यूज

१३ फाल्गुण २०७७
  • 231
    SHARES
  • मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

    काठमाडौं- मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ ।

    बुधबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको हो ।

    घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।

    खेलको ४८औँ र ६८औँ मिनेटमा मेस्सीले गोल गरे । ७३औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

    जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ । इल्चे २१ अंकसहित रेलिगेसन जोनमा कायम छ ।

    images
    images

    प्रकाशित :फाल्गुण १३, २०७७ बिहिवार - ०७:३६:३४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.