Logo

आइतवार, बैशाख ५ गते २०७८

कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवाले ‘बोल्ड’ निर्णय गर्न सक्ने

कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवाले ‘बोल्ड’ निर्णय गर्न सक्ने

सूत्र न्यूज

१३ फाल्गुण २०७७
  • 273
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवाले ‘बोल्ड’ निर्णय गर्न सक्ने

    काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन् ।

    बैठकमा पछिल्लो राजनीतिक अवस्था र कांग्रेसको भूमिका बारे छलफल हुने बताइएको छ ।

    प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले बुधबार देउवा निवास बुढानीलकण्ठ पुगेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए ।

    प्रस्तावपछि आज पदाधिकारी बैठक बस्न लागेको हो ।

    पार्टीका पूर्वपदाधिकारीसमेत सहभागी हुने बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेसको अबको रणनीति, नेकपाको प्रचण्ड-नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने बुझिएको छ ।

    images
    images

    प्रकाशित :फाल्गुण १३, २०७७ बिहिवार - ११:३८:४३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.