Logo

आइतवार, बैशाख ५ गते २०७८

घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

सूत्र न्यूज

१३ फाल्गुण २०७७
  • 3.9K
    SHARES
  • घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

    काठमाडौं- सुनचाँदीको भाउ झर्दो क्रममा रहेको छ । बिहीबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा ५०० ले झरेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ३०० कायम गरेको छ । हिजो तोलाको ८९ हजार ८०० मा कारोबार भएको थियो । मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५०० रुपैयाँले नै घटेर तोलाको ८८ हजार ८५० कायम भएको छ ।

    यसैगरी, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ५५ कायम गरेको छ । बुधबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    प्रकाशित :फाल्गुण १३, २०७७ बिहिवार - ११:५६:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.