काठमाडौं- सन् २०२४ भित्र नेपालले कार्बन व्यापारबाट पाँच अर्बको आम्दानी गर्ने भएको छ ।
नेपाल र विश्व बैंकबीच कार्बन व्यापारसम्बन्धी उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता (ईआरपीए) स्वीकृतसँगै करिब पाँच अर्ब १७ करोड आम्दानी गर्ने भएको हो ।
मन्त्रिपरिषद्ले सम्झौता स्वीकृत गरेसँगै सरकारका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली र विश्व बैंकका तर्फबाट विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदादबीच सम्झौतामा हस्ताक्षर समेत भइसकेको कारोबार दैनिकमा प्रकाशित छ ।