सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए-Sutra News

सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

सिरिया- सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ ।



इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ ।

अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका छन् ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।

यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गएका थिए । यीनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट