Logo

आइतवार, बैशाख ५ गते २०७८

आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 258
    SHARES
  • आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

    काठमाडौं- ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

    बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - १४:३४:५६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.