मुकेश अम्बानी एसियाकै धनी, कति छ सम्पत्ति ?-Sutra News

मुकेश अम्बानी एसियाकै धनी, कति छ सम्पत्ति ?

शनिबार, १५ फाल्गुन २०७७

शनिबार, १५ फाल्गुन २०७७

नयाँ दिल्ली- चिनियाँ धनाढ्य झोङ सानसानको सम्पत्तिलाई उछिन्दै भारतीय अर्बपति मुकेश अम्बानी पुनः एसियाकै धनी व्यक्ति बनेका छन् ।



ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अम्बानीले सानसानको कूल २२ विलियन अमेरिकी डलर सम्पत्तिलाई यसैसाता उछिने ।

अम्बानीको सम्पत्ति ८० विलियन डलर पुगेको छ ।

सानसानको सम्पत्ति चाहिँ ७६.६ विलियन डलर छ । यसअघि चिनियाँ प्रविधि धनाढ्य ज्याक मालाई उछिन्दै सानसान एसियाकै धनी बनेका थिए ।

दुईवर्षदेखि अम्बानी एसियाकै धनीको व्यक्तिको शीर्ष स्थानमा लगातार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट