बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त आन्दोलित-Sutra News

बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त आन्दोलित

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

ब्रसेल्स- बेल्यिजयमको एक कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएपछि तिनका आफन्त आन्दोलित भएका छन् ।



नामुर कारागारमा १३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ ।

सरकारले थुनामा रहेका कैदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ ।

प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताएका छन् ।

महामारी नियन्त्रणका लागि पर्याप्त सतर्कता अपनाइरहेका समय सङ्क्रमण फैलिएको र यसलाई नियन्त्रणमा ल्याउनका लागि थप कदम चाल्ने उनले बताए । बेल्जियममा संक्रमण फैलिएपछि रात्रिकालीन लकडाउन जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट