Logo

आइतवार, बैशाख ५ गते २०७८

ट्रान्समिटर पड्किएर होटलमा आगलागी, ४० लाख बराबरको क्षति

ट्रान्समिटर पड्किएर होटलमा आगलागी, ४० लाख बराबरको क्षति

सूत्र न्यूज

१८ फाल्गुण २०७७
  • 338
    SHARES
  • ट्रान्समिटर पड्किएर  होटलमा आगलागी, ४० लाख बराबरको क्षति

    तनहुँ- व्यास नगरपालिका-४ स्थित होटल स:स: इनमा गए राति अन्दाजी २:०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

    सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

    होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । 

    आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।

    images
    images

    प्रकाशित :फाल्गुण १८, २०७७ मंगलवार - ०९:४६:१६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.