काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । स्थायी समिति सकिएलगत्तै सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
केन्द्रीय समिति सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।