म्यानमारमा सेनाले चलाएको गोली लागेर ३८ जनाको मृत्यु-Sutra News

म्यानमारमा सेनाले चलाएको गोली लागेर ३८ जनाको मृत्यु

बिहिबार, २० फाल्गुन २०७७

बिहिबार, २० फाल्गुन २०७७

काठमाडौं- म्यानमरमा सेनाले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको छ । सैन्य ‘कू’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले बुधवार गोली चलाएको हो ।



सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ । बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो ।

संयुक्त राष्ट्रसंघले बुधबारको घटनालाई सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिनको रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट