अमेरिकामा कोभिड-१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम-Sutra News

अमेरिकामा कोभिड-१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

शुक्रबार, २१ फाल्गुन २०७७

शुक्रबार, २१ फाल्गुन २०७७

वासिङ्टन- संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलोपटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ ।



खोप अभियान तीब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुसी तुल्याएको छ ।

लकडाउन र अनेक किसिमका प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो विवरण सार्वजनिक भएको हो ।

विश्वमै सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दैनिक संक्रमितको संख्या यसै वर्षको जनवरी महिनाका शुरुआती दिनहरुमा दैनिक तीन लाखसम्म पुगेको थियो ।

दैनिक संक्रमितको संख्यामा कमी र खोपको प्रयोग बढेसँगै अमेरिकाका धेरै राज्यले अनिवार्य मास्क लगाउने नियम हटाइदिएका छन् । तर राष्ट्रपति जो बाइडेनले यो सोचाई पुरातनपन्थी रहेको भन्दै आलोचना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट