भारतमा एक करोड ११ लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमित-Sutra News

भारतमा एक करोड ११ लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमित

शुक्रबार, २१ फाल्गुन २०७७

शुक्रबार, २१ फाल्गुन २०७७

नयाँ दिल्ली- भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।



भारतमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार ५४८ जना पुगेको छ ।

हाल भारतमा एक लाख ७६ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने एक करोड आठ लाख ३९ हजारभन्दा बढी कोरानामुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सुरु भएको थियो । भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट