कारबाहीमा परी पाँच आतङ्ककारी मारिए-Sutra News

कारबाहीमा परी पाँच आतङ्ककारी मारिए

सोमबार, २४ फाल्गुन २०७७

सोमबार, २४ फाल्गुन २०७७

इस्लामाबाद- पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् ।



आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग (सीटीडी) ले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

सीटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको छ ।

तर आतङ्ककारीको समूहतर्फबाट गोलीबारी शुरु भएपछि प्रहरीको जवाफी कारबाहीको क्रममा कम्तीमा पाँच आतङ्ककारीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रहरी कारबाहीको क्रममा मारिएका ती आतङककारीहरुले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले खुलासा गरेको छ ।

आतङ्ककारीको तर्फबाट भारी मात्रामा विस्फोटक पदार्थ , स्वचालित हतियार, रिमोट कन्ट्रोलहरु बरामद भएको प्रहरी स्रोतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट