युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने-Sutra News

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

सोमबार, २४ फाल्गुन २०७७

सोमबार, २४ फाल्गुन २०७७

बर्लिन- युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् ।



युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघअन्तर्गतका देशहरुलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए ।

खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताए ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरु ल्याउने तयारी भएको उनको भनाइ छ ।

युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आफैंमा ठूलो उपलब्धि भएको पनि उनले जानकारी दिए ।

युरोपेली संघअन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट