काठमाडौं- अभिनेत्री रेखा थापाको फिल्मप्रति जुन मोह छ, ठयाक्कै त्यस्तै मोह छ, राजनीतिप्रति । केहि वर्षअघि उनी कलाकारितालाई थाति राख्दै राजनीतिमा होमिएकी थिइन् । राप्रपा र माओवादी केन्द्र जस्ता पार्टीमा रहिन् ।
हिजोआज उनी दुई वर्षपछि सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग नजिक छिन् ।
साेमबार लाजिम्पाटस्थित विप्लव बस्ने घरमै गएर रेखाले भेटिन् । उक्त भेटमा रेखाले विप्लवलाई मुलधारको राजनीतिमा आएकोमा बधाई दिइन् ।
रेखा र विप्लवको भेटलाई विभिन्न शंका दृष्टिले हेरिएको छ । तर रेखाले भने यो भेटलाई शंकाकाले नहेर्न आग्रह गरेकी छिन् ।
विप्लवले हिंसाको राजनीति छोडेर मुलधारको राजनीति अपनाएकोले आफू खुसी हुँदै स्वागत तथा बधाई दिएको खुलाएकी छिन् ।
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि रेखाले विरोध गर्दै विप्लवको पक्षमा अभिव्यक्ति दिने गरेकी थिइन् ।