मान्छेको दृष्टिकोणबाट मलाई हेरियोस्ः रेखा थापा-Sutra News

मान्छेको दृष्टिकोणबाट मलाई हेरियोस्ः रेखा थापा

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- महिला सुरक्षा, श्रममा सम्मान र ज्यालामा समानता नारा लिएर सोमबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।



यसै क्रममा नेपाली अभिनेत्रीहरूले पनि विभिन्न कार्यक्रममा आफ्ना भोगाई र अभिव्यक्ति दिदै महिला सशक्तिकरणका लागि आवाज उठाए ।

यस्तै अभिनेत्री रेखा थापाले एक कार्यक्रममा बोल्दै अबदेखि ‘वुमन कार्ड’ नखेल्ने बताइन् । आफ्नो हक र अधिकारका लागि आफ्नो क्षमताको लडाई लड्नु पर्ने पनि बताइन् ।

साथै उनले आफूलाई महिला होइन, मान्छेको दृष्टिकोणबाट हेरिदिन आग्रह गरिन् । आफू महिला भएकै कारण हेपिनु नपरेको रेखाले बताइन् ।

यदि कसैले हेप्ने हिम्मत गरेमा आफूमा प्रतिकार गर्न सक्ने हौसला रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट