भारतमा एकैदिनमा २० लाखले लगाए कोरोनाविरुद्धको खोप-Sutra News

भारतमा एकैदिनमा २० लाखले लगाए कोरोनाविरुद्धको खोप

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

नयाँ दिल्ली- भारतमा २४ घण्टाको अवधिमा २० लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दैनिक खोप लगाउनेको यो संख्या हालसम्म विश्वमै सबैभन्दा बढी हो । हालसम्म अमेरिकामा १७-१८ लाख डोज प्रतिदिन लगाइन्छ । 



भारतमा १६ जनवरीदेखि २८ फेबु्रअरीसम्म १ करोड ४२ लाखले खोप लगाएका थिए । मार्च १ देखि ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन सुरु गरेपछि भ्याक्सिनेसनको गति बढेको छ । मार्चको पहिलो सातासम्म ५० लाखभन्दा धेरै डोज दिइएको छ । जसमा दैनिक औसत ७ लाख ५० हजार डोज लगाइएको थियो ।

दोस्रो साताको सुरुवातसँगै खोप लगाउने गति बढेको हो । स्वास्थ्यमन्त्रालयको तथ्यांकअनुसार मंगलबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार भारतमा दुई करोड ३० लाख डोज खोप लगाइएको छ । जसमा १ करोड ८९ लाखले पहिलो डोज र ४० लाख ६५ हजारले दोस्रो डोज पनि लगाइसकेका छन् । 

१६ जनवरीबाट सुरु भएको खोप कार्यक्रममा १३ फेबु्रअरीदेखि स्वास्थ्यकर्मीहरुलाई दोस्रो डोज पनि दिन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट