रुसमा विपक्षी दलका दुई सयभन्दा बढी नेता कार्यकर्ता पक्राउ-Sutra News

रुसमा विपक्षी दलका दुई सयभन्दा बढी नेता कार्यकर्ता पक्राउ

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

काठमाडौं । रुसमा विपक्षी दलका नेताहरुले आयोजना गरेको सम्मेलनमा सहभागी दुई सयभन्दा बढी नेताहरु पक्राउ परेका छन् ।



रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले धरपकड गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कोरोना महामारीका बीच भेला गरिएको भन्दै पक्राउ गरिएको जनाएपनि नियतबस पक्राउ गरिएको विपक्षी नेताहरुको आरोप छ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको पक्राउ प्रकरणपछि रुसका विपक्षी नेताहरुले मस्को सम्मेलनको आयोजना गर्दै आएको छ ।

रुसको स्वतन्त्रताका लागि आयोजना गरिएको सम्मेलनमा सहभागी नेताहरुले राष्ट्रपति पुटिनको कडा आलोचना गर्नुका साथै चुनावी प्रतिस्पर्धामा आउन खुला रुपमा चुनौती समेत दिएका छन् ।

रुसमा विपक्षी दलका नेताहरुलाई रुस विरोधी तत्वको संज्ञा दिँदै आएको छ । पक्राउ परेकाहरुकामाथि अनुसन्धान थालिएको छ ।

यता विपक्षी दलले भने रुसी राष्ट्रपतिको ज्यादती बन्द गर्न र स्वतन्त्रता हनन् नगर्न चेतावनी दिँदै आएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट