भारतमा २५ हजारभन्दा बढी संक्रमित, १६ हजार संक्रमणमुक्त-Sutra News

भारतमा २५ हजारभन्दा बढी संक्रमित, १६ हजार संक्रमणमुक्त

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना संक्रमित भएका हुन् ।



यसअघि एक दिनमा संक्रमितहरुको संख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कुल संक्रमित मध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८९७ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ । ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४०९ खोपको उपभोग भएको छ । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ ।

परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६४१ जनाको कोरोना परीक्षण गरिएको छ । शुक्रबार भने आठ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट