यी तीन देशले प्रयोगमा रोके अक्सफोर्ट-एस्ट्राजेनेका खोप-Sutra News

यी तीन देशले प्रयोगमा रोके अक्सफोर्ट-एस्ट्राजेनेका खोप

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

एजेन्सी- रगत जमाउने समस्या सार्वजनिक भएपछि फ्रान्स, जर्मनी र इटलीले अक्सफोर्ट-एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोना खोपको प्रयोगमा तत्कालका लागि रोक लगाएको छ ।



विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) ले भने एस्ट्राजेनेका खोपकै कारण रगत जम्ने समस्या भएकोबारे अहिलेसम्म कुनै प्रमाण फेला नपरेको दावी गरेको छ ।

डब्ल्यूएचओले यो पनि भनेको छ कि रगत जम्ने समस्याबारे धेरै तथ्यहरु आइरहे पनि कोरोना खोप अभियान जारी राख्नु जरुरी छ । यसबारे मंगलबार डब्ल्यूएचओको बैठक बस्दैछ । उसले भनेको छ, ‘कोरोना खोपको सम्भावित खराव असरबारे अनुसन्धान गर्नुपर्नेछ ।’

युरोपमा अक्सफोर्टङएस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुमा रगत जम्ने सम्बन्धी समस्याका थुप्रै विरामीहरु देखिएका छन् । एस्ट्राजेनेकाले पनि आफ्नो खोपकै कारण यस्तो समस्या भएको प्रमाणित गर्ने कुनै तथ्य नरहेको दावी गरेको छ ।

जर्मनीको स्वास्थ्य मन्त्रालयले सोमबार एस्ट्राजेनेका खोपको प्रयोग नगर्ने घोषणा गरेको थियो । देशको खोप नियमक निकाय पाउल इचलिच इन्स्टिच्युड (पीईआई) को सिफारिसमा मन्त्रालयले यो घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट