भारतमा २४ घण्टामा २४ हजार ३६६ जनामा संक्रमण, १३० को मृत्यु-Sutra News

भारतमा २४ घण्टामा २४ हजार ३६६ जनामा संक्रमण, १३० को मृत्यु

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

काठमाडौं- भारतमा १ करोड १४ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।



पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १४ लाख ९ हजार ५२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ८९२ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख २५ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख २५ हजार १३९ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट