जापानमा भूकम्प-Sutra News

जापानमा भूकम्प

बुधबार, ४ चैत्र २०७७

बुधबार, ४ चैत्र २०७७

टोकियो- जापानको फुकुशिमा प्रिफेक्चरनजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । 



विभागकाअनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट