रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने-Sutra News

रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

बेइजिङ- रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् ।



चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गरेका छन् ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ ।

कतिपय विश्व मामिलामा राष्ट्रसंघमार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट