बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप-Sutra News

बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप

शनिबार, ७ चैत्र २०७७

शनिबार, ७ चैत्र २०७७

लण्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् ।



‘मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउँदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । ‘कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,’ उनले उल्लेख गरेका छन् ।

खोप लगाएपछि आफूलाई कुनै असजिलो नभएको जानकारी दिदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए । प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए ।

बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनु भएको छ भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ ।

कोरोनाविरुद्धको खोपको प्रयोग पनि सबैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट